कलैया । पर्सा प्रहरीले जबरजस्ति करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नं.२ बस्ने २२ बर्षीया बेगम वि.क.लाई सोमबार पक्राउ गरिएको हो ।
विकमाथि अदालतले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा चार लाख जरिवाना र आठ वर्ष कैद सजाय सुनाएको थियो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.४ विर्ता चोक स्थित सडकखण्डमा संकास्पदरूपमा हिंडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार रहेकी उनलाई पुनः नियन्त्रणमा लिई बाल सुधार गृह वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

