प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई खाजा तथा अनाथ आश्रमका बिद्यार्थीलाई बैग वितरण

संदिप प्रसाद यादव
851 पाठक संख्या

नेपाल कलवार कल्याण महासंघ तथा कलवार कल्याण समाज बाराको संयुक्त आयोजनामा प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई खाजा सहित अण्डा तथा अनाथ आश्रमका बिद्यार्थीलाई बैग वितरण गरेको छ ।

बाराको कलैया उपमहानगर –६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा शनिबार एक कार्यक्रम आयोजना गरी नेपाल कलवार कल्याण महासंघ तथा कलवार कल्याण समाज बाराले सामाजिक कार्य गर्ने अभियान अन्तर्गत अस्पतालका बिरामीहरूलाई खाजा सहित अण्डा वितरण गरेको हो ।

नेपाल कलवार कल्याण महासंघका कोषाध्यक्ष एवम् कल्याण समाज बाराका अध्यक्ष मन्तोष कुमार चौधरीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईलाई अस्पताल परिसरमा सेवाग्राहीका लागी बस्ने फलाम बेन्च २ थान हस्तान्तरण गरेका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईको सहकार्यमा खाजा तथा अण्डा वितरण भएको थियो ।

प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ७० जना बिरामीहरुलाई खाजा सहित अण्डा वितरण गरिएको थियो ।

त्यसैगरी महासंघ तथा कलवार कल्याण समाज बाराको संयुक्त आयोजनामा कलैया उपमहानगर–४ मा रहेको अमृता अनाथ आश्रमका बाल बालिकाहरुलाई स्कुल बैग तथा स्टेसनरी समान सहित १७ वटा खाजा वितरण गरेको थियो ।

नेपाल कलवार कल्याण महासंघका कोषाध्यक्ष एवम् कलवार कल्याण समाज बाराका अध्यक्ष मन्तोष कुमार चौधरीले बाकी रहेका बैग अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कलवार कल्याण महासंघका वरिष्ठ उपाध्यक्ष हरेकृष्ण प्रसाद जयसवालले गरिब छात्रछात्रा,असाय विधार्थीहरुको पढाईमा तथा गरिब परिवारका छोरीको विवाहमा पनि आर्थिक सहयोग गर्ने बताए ।

सहभागी भएका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिदै आउने दिनमा पनि समेत यस्ता थप कार्यक्रमहरु गर्ने नेपाल कलवार कल्याण महासंघका कोषाध्यक्ष एवम् कलवार कल्याण समाज बाराका अध्यक्ष चौधरीले बताए ।

उक्त कार्यक्रममा नेपाल कलवार कल्याण महासंघका कोषाध्यक्ष एवम् कलवार कल्याण समाज बाराका अध्यक्ष चौधरी,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चौगाई,नेपाल कलवार कल्याण महासंघका वरिष्ठ उपाध्यक्ष हरेकृष्ण प्रसाद जयसवाल,जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष नवल किशोर साह,उपाध्यक्ष तेजनारायण प्रसाद जयसवाल, बिजय प्रसाद जयसवाल, महासचिव बैधनाथ प्रसाद कलवार,कोषाध्यक्ष भाग्यनारायण प्रसाद कलवार,कलैया सिटी जेसिज कलैयाका पुर्व अध्यक्ष तथा कल्याण समाज बाराका सदस्य बिपिन चौधरी,संघका पदाधिकारी,अस्पतालका डाक्टर,अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेत,आश्रमका बिद्यार्थीहरु लगायतको सहभागी रहेको थियोे ।

Leave a review

This will close in 0 seconds