बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा

राम मण्डल
364 पाठक संख्या

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामान लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो ।

जाँचको क्रममा ट्रकमा लोड रहेको ५८ लाख ४६ हजार २४१ बराबरको विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको पाइएको छ ।

सामान सहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review