बाराको पथलैया–पर्साको वीरगञ्ज औद्योगिक कोरिडोर अन्र्तगत रहेका बारा,पर्साका उद्योगहरुले न्यून गुणस्तरको वस्तु उत्पादन गर्दै आएका छन् ।
कोरिडोरमा रहेका उद्योगहरुले उपभोक्ताहरुको स्वास्थ्यसित खेलवाड गर्दै न्यून गुणस्तरको पानी,ध्यु लगायतका सामानहरु उत्पादन गर्ने गरेको खुलेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा कोरिडोर अन्र्तगत पर्ने खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरु विरुद्ध १९ वटा मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय,जिल्ला अदालत लगायतमा मुद्दाहरु दर्ता भएका छन् ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले कोरिडोरमा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा यहाँ रहेका उद्योगहरुले न्यून गुणस्तरको खाध पदार्थ उत्पादन गरेको पाएको छ । यसपछि सो कार्यालयले जिल्ला प्रशासन र अदालतमा उद्योगहरु विरुद्ध मुद्दा दायर गरेको कार्यालयका वीरगञ्जस्थित प्रमुख सुरेश सिंहले जानकारी दिए ।
सबै भन्दा बढी बाराको जीतपुरसिमरा–३ स्थित नन्दन ध्यु एण्ड आयल प्रालि विरुद्ध सातवटा मुद्दा दायर भएको छ ।उक्त उद्योगमा अनुगमनको क्रममा उद्योगबाट उत्पादित ध्यु न्यून गुणस्तरको भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा पाँच वटा र एक वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सिंहले बताए ।
उक्त उद्योगले न्यून गुणस्तरको प्रशोधित पामोलिन तेल समेत उत्पादन गर्दै आएको छ । वीरगञ्जमा रहेका चारवटा प्रशोधित पानी उद्योगहरु विरुद्ध मुद्दा दायर भएको छ । वीरगञ्ज महानगरपालिका ४ मा रहेका वीरगञ्ज पियोर ड्रिर्किग वाटर,निर्जल जल प्रालि,महानगरको वडा नम्बर १२ मा रहेको गँगोत्री पियोर ड्रिँकिँग वाटर र बाराको जतपुरसिमरा–७ मा रहेको वीरगञ्ज फुड ईन्डस्ट्रिज प्रालि बिरुद्ध पनि मुद्दा दायर भएको छ ।
यी उधोगहरुले लेवलमा गडबड गरेकोले यिनीहरु विरुद्ध मुदा दायर गरिएको हो । वीरगञ्ज–३ मा रहेको स्टार स्पाईसेज ड्राई फुड रि प्याकेजिङले न्युन गुणस्तरको जिरा गेडा तयार गरेको त्यस उद्योग बिरुद्ध मुद्दा दायर गराएको छ ।यसरी वीरगञ्ज पथलैया औधोगक कोरिडोरमा रहेका उधोगहरुले खुलेयाम रुपमा मानव स्वास्थ्यसित खेलवाड गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।

