नगर प्रमुखको पहलमा पचरौतामा नयाँ ट्रान्सफर्मर जडान

साझेदारी दैनिक
291 पाठक संख्या

पचरौता । नूर आलम बादशाह/ महिनौँदेखि ट्रान्सफर्मर बिग्रिएर विद्युत् आपूर्तिमा समस्या भोगिरहेका पचरौता नगरपालिका–४ का बेलदारीबासी नगर प्रमुख जलन्धर सिंहको पहलमा नयाँ ट्रान्सफर्मर जडान भएपछि अत्यन्तै हर्षित भएका छन्।

लामो समयदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा घरायसी कामकाजदेखि व्यवसायिक तथा कृषि गतिविधिसम्म प्रभावित भएका थिए। बुधबार नगरपालिकाले पुरानो क्षमताविहीन ट्रान्सफर्मर हटाई गुणस्तरीय र उच्च क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरेपछि स्थानीयले राहतको अनुभूति गरेका छन्।

स्थानीय जनताको समस्या समाधानका लागि नगर प्रमुख सिंहले प्रत्यक्ष चासो देखाउँदै समयमै पहल गरेका थिए। “नगर प्रमुखको सक्रियताका कारण वर्षौंदेखिको समस्या समाधान भयो,” एक स्थानीय बासिन्दाले बताए।

विद्युत् आपूर्ति पुनः सहज भएपछि बेलदारीका वासिन्दाहरूले नगर प्रमुख सिंहप्रति आभार व्यक्त गरेका छन्।

Leave a review

This will close in 0 seconds