सत्र लाख बहत्तरी हजार भन्दा बढीको तस्करीको सामान बरामद

साझेदारी दैनिक
299 पाठक संख्या

१७ लाख ७२ हजार सात सय ३० रुपैयाँ बराबरको कपडा, मोबाईल पार्टस लगायतका सामानहरु पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सूचनाको आधारमा जाँच गर्नेक्रममा वीरगञ्ज–रजतजयन्ति चोकबाट कपडा,मोबाईल पार्टस लगायतका सामान बरामद गरेको हो ।

यस्तै प्रहरीले पर्साको ठोरी गाउँपालिका–२ स्थित सडकखण्डमा  ना.३ च १०८९ नम्बरको पिकअपबाट पाडा नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका पाँच वटा पाडा एउटा पाडी नियन्त्रणमा लिएको थियो ।

गाडी सहित पाडा पाडीहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।

Leave a review