Sajhedari Daily
Latest News from Nepal

देवतालको कामकाज आफ्नै भवनबाट शुरु

बाराको देवताल गाउँपालिकाको आफ्नै भवन निर्माण भएको छ । गाउँपालिकाको वडा नम्बर ४ पिप्राढी टोलमा ब्रह्म स्थानमा गाउँपालिका कार्यालय भवनको निर्माण सम्पन्न भएको हो ।

करिब १ करोडभन्दा बढिको लागतमा निर्माण भएको उक्त पालिका भवनको शुक्रवार उद्घाटन गरिएको छ। गाउँपालिकका अध्यक्ष चन्दन सिंहले हिन्दु वैदिक विधिबाट उद्घाटन गरेका हुन ।

पालिका भवन निर्माणमा रु ८३ लाख ३८ हजार ८ सय ८२ रुपैया खर्च भएको, भवनको कम्पाउन्ड वाल र शौचालय निर्माणमा रु २९ लाख ४५ हजार गरी कुल रु १ करोड १२ लाख ८३ हजार ८ सय ८२ रुपैया लागत खर्च भएको गाउपालिकाले जनाएको छ ।

उक्त भवन उद्घाटन कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साह, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, विभिन्न नेतागण, स्थानीय भद्रभलादमीहरु लगायतको उपस्थिति रहेको थियो ।