एक लाख छयत्तरी हजार नौ सय रुपैयाँ बराबरको प्याज बरामद

साझेदारी दैनिक

बारा प्रहरीले शनिबार एक लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको प्याज सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

विशेष सूचना अनुसार प्रहरी चौकी पथलैया बाट खटेको टोलीले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्याज सहित भ्यान नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट चितवन तर्फ जादै गरेको प्र २ –०३–००१ च १४९३ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा विल विजक भन्दा बढीको उक्त प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्याज सहित पिक अप भ्यानलाई प्रहरीले कानुनी प्रकृया पुरा गराउन राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

Leave a review