चर्को अवाजमा डिजे बजाउने दुई जनासहित साउण्ड सिस्टम प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 220 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा प्रहरीले चर्को अवाजमा डिजे बजाउने दुई जनासहित साउण्ड सिस्टमलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बाराको कलैया उप–महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा बजरंग डि.जे. बडकी फुलबरीयाका बैण्ड सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ५० वर्षीय जयराम सिंह रहेका प्रहरीले जनाएको छ ।

उक्त डिजे गाडी सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review