प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा सो मातहतमा ३० स्थानमा अपराध नियन्त्रण रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको टोलीले ट्राफिक नियम विपरित चलाईएका १ सय ३८ सवारी साधनहरूलाई कारवाही गरेको छ ।
कारवाही स्वरुप प्रहरीले एक लाख १२ हजार रुपैयाँको राजश्व संकलन गरेको छ । नियमित चेकजाँचको क्रममा प्रहरीले १ सय ९ सवारी साधनहरूलाई कारवाही गरेको छ ।
यसबाट एक लाख सात हजार चार सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले कुल सवारी साधन २ सय ४७ कारवाही गरी जम्मा रू.२ लाख १९ हजार ४ सय राजश्व संकलन गरेको छ ।
उसले दुई वटा भारतीय नम्बर प्लेट भएको मोटरसाईकल वीरगंज भन्सार कार्यालय,पर्सा पठाईएको छ । सोही क्रममा प्रहरीले सात वटा सवारी दर्ता किताब आवश्यक कारवाहीको लागी यातायात व्यवस्था कार्यालयमा पठाईएको छ ।
प्रहरीले २० वटा मोटरसाइकल, १ ट्याक्टर,१ पिकअप प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


