डिप्रोक्स लघुबित्त बित्तीय संस्थाद्धारा वडा कार्यालयलाई चामल सहयोग

साझेदारी दैनिक
साझेदारी दैनिक 591 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
डिप्रोक्स लघुबित्त बित्तीय संस्था लिमिटेड जीतपुर शाखाले वडा कार्यालय जीतपुरलाई रु ३० हजार बराबरको ७ सय किलो चामल हस्तान्तरण गरेको छ । लकडाउनले प्रभाबित न्युन आय भएका घरपरिवारलाई केही हदसम्म भएपनि राहत दिने उदेश्यले वडा कार्यालयलाई समाजिक उत्तरदायित्व अन्तर्गत राहत हस्तान्तरण गरिएको शाखा प्रमुख निर्मल दहालले जानकारी दिनुभयो ।

लकडाउनले गर्दा ऋणी सदस्यहरुको आम्दानीमा समेत गिरावट आईरहेका कारण संस्थाले बैशाख १ गते देखि कर्जामा ३ प्रतिशत ब्याज छुट दिईरहेको बताउँनुभयो । शाखा प्रमुख दहालले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्तालाई ३५ बोरा चामल हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष गुप्ताले यस बिषम परिस्थितलाइ सबै संघसंस्थाले हातेमालो गरी पार लगाउँनुपर्ने धारणा ब्यक्त गर्नुभयो । सर्बपक्षिय बैठकबाट निर्णय गरी चाडै नै वडा कार्यालयले तस्रो चरणको राहत बितरण गर्ने गुप्ताले जानकारी दिनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा डिप्रोक्स लघुबित्त बित्तीय संस्थाका नागेन्द्र प्रसाद पटेल ,होम प्रसाद बजगाँई ,बिशाल कार्की ,अनिल चौधरी ,जयराम ठाकुर र फकिरा गिरी राजेश्व गिरी माध्यमिक बिद्यालयका प्रधानध्यापक राजु कुमार सिँहको उपस्थिती रहेका थिया ।

समाचार शेयर गर्नुहोस
Leave a review