सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरद्रारा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित विदाई

संदिप प्रसाद यादव
446 पाठक संख्या

सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरद्रारा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित भब्य बिदाई गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १० मानवत मटोअर्वा सडकखण्डमा रहेको सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरको प्राङ्गणमा शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सम्मान सहित विदाई गरेको हो ।

सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोषकुमार साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय मटिअर्वा स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कलैयाका रन्जित पटेल,नेपाल बैंक लिमिटेड कलैया शाखाका वेदव्यास चौरसिया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानाध्यापक कुशवाहाले जुनसुकै समयमा जहाँ भएपनी केही सिक्नलाई खोज्न सकिन्छ, हामी पाउने छौँ,उनले भने ।

भोलीको दिनमा राम्रो बाटो र आफ्नो सोचेको गन्तव्यमा पुग्नलाई हाम्रो अनुभव लिन र आपूmले प्राप्त गरेको बाउन्ड्री लाईनलाई सधै कायम राख्न र थप मेहनत गर्न विद्यार्थीहरुलाई समेत उनले आग्रह गरे ।

सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोषकुमार साहले ठुलो मान्छे भन्दा सफल मान्छे बनौं भने ।

जीवनमा सफल बनौं र आफ्नो आमाबाबुको सपनालाई सकार गरौं उनले भने । अलि कति पनि जीवनमा लापरबाही नगर्न उनले समेत विद्यार्थीहरुलाई आग्रह गरे ।

कक्षा १० मा अध्ययनरत ४५ जना छात्रछात्राहरुलाई बिदाई गरिएको सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर साहले बताए ।

कोचिङले कक्षा १० को सुपर फोर्टी आठौं ब्याचलाई मायाको चिनो प्रदान गरि बिदाई गरेको हो । कक्षा ६ देखी १० सम्मका विभिन्न टेस्टमा प्रथम,द्वितीय,तृतीय भएका बिद्यार्थीहरुलाई मायाको चिनो प्रमुख अतिथि एवम् प्रधानाध्यापक कुशवाहाले प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका प्रमुख एवम् कार्यकारी अध्यक्ष गनिलाल प्रसाद साह,नेपाल सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म मटिअर्वाका प्रहरी नायब उपरीक्षक भवराज कटवाल,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय मटिअर्वा बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र साह,शिक्षक,बिद्यार्थी,शिक्षाप्रेमी,समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियोे ।

सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर साहले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन कोचिङका शिक्षक शिवलाल साहले गरेका थिए ।

Leave a review

This will close in 0 seconds