एक सय सात ग्राम सुन सहित एक जना पक्राउ

साझेदारी दैनिक
361 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जबाट सुनसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

सुन सहित वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने २८ बर्षिय जयप्रकाश कुमार सोनारलाई प्रहरीले पक्राउ गरेको हो।

अवैध रूपमा सुन चोरी पैठारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–८ स्थित सडकखण्डबाट ना.६२ प २७०५ नम्बरको मोटरसाईकलमा आउदै गरेका सोनारलाई जाँच गरेको थियो।

जाँचको क्रममा उनले लगाएको जिन्सको खल्तीबाट कागजमा बेरिएको अवस्थामा एक सय ७ ग्राम ८९ मिलिग्राम सुन फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ।

सुनको बजार मूल्य १३ लाख ८८ हजार ४३६ रहेको तथा सुनसहित पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a review