बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित सामाजिक सञ्जालमा भाईरल भएका छन । प्रमुख जिल्ला अधिकारी पण्डित सहित आईतवार विहान दुई वटै सुरक्षा निकायको टोली लिएर सिम्रौनगढ अन्तर्गतका ४ वटा सिमा नाकाको गस्ती तथा अनुगमन गर्न गएका थिए । सोही क्रममा प्रजिअ पण्डितले मास्क नलगाएको फोटो सार्वजनिक भएपछि सर्वत्र टिप्पणी भएको हो ।
कोरोना महामारीका कारण अहिले जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको वेला अत्यावश्यक काममा बाहिर निस्किदा अनिवार्य मास्क लगाउने तथा मास्क नलगाए जरिवाना गर्ने निर्देशन स्थानीय प्रशासनले जारी गरे कार्यान्वय गर्दै छ । तर निर्देशन जारी गर्ने निकायका प्रमुख नै सार्वजनिक स्थलहरुको अनुगमन गर्दा मास्कको सदुपयोग नगर्दा सर्वत्र विरोध भएको हो ।
उनै प्रजिअले जारी गरेको निर्देशन अनुसार जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले दैनिक रुपमा मास्क नलगाउनेहरुलाई कारवाही स्वरुप रु एक सय जरीवाना गरेको छ । सिमा नाकाहरुको अनुगमन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी पण्डितले अनुगमनको क्रममा मास्क निधारमा लगाएर अनुगमन गरेपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको हो ।
निर्देशन दिने निकायका प्रमुख नै संवेदनशिल नहुदा सामाजिक संजाल तातेको हो । सर्वसाधारण कारवाही गर्ने तर आफै मास्कको सदुपयोग नगर्दा सानालाई ऐन ठुलालाई चैईन भन्ने उखान झै भएको छ । तर प्रजिअ पण्डितले आफ्नो फेसबुक मार्फत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
उनले फेसबुकमा “सिम्रौनगढ अनुगमनको क्रममा केएल ९५ मास्क लगाउदा श्वास थुनिएको जस्तो महसुस हुने भएकोले दुरि कायम गरि मास्क माथी सारेको बिषयलाई टिप्पणी आएको रहेछ छ, भोलिदेखी मेडिकल मास्क नियमित रुपमा प्रयोग गरि सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु” लेखेका छन ।