दोश्रो कलैया उपमहानगरपालिका कप फुटबल प्रतियोगिताको उपाधि माथि जनजागृती युवा क्लब निजगढले कव्जा जमाएको छ।
भोडहा खेल मैदानमा बिहीबार उपाधिको फाईनल खेलमा उसले समाज विकास युवा क्लब भोडाहालाई एक शून्यले पराजित गर्दै उपाधि हासिल गरेको हो।
जनजागृतिका बिक्रम लामाले मध्यान्तर अघिको खेलको ३२ औं मिनटमा बिजयी गोल गरेका हुन् ।
बिजयी टोलिलाई कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविणले शिल्ड तथा नगद पुरस्कार प्रदान गरेकी थिईन् ।
उपबिजेता टोललिाई नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेयले पुरस्कार प्रदान गरेका थिए।
बिजयी टोललिे नगद ३० हजार रुपैयाँ प्राप्त गरेको थियो। उपबिजेता टोलिलाई नगद २० हजार रुपैयाँ सहित शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिएको हो।
’स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका सांथ कलैया उपमहानगरपालिकाको प्रायोजनमा सो प्रतियोगिता भएको हो । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ३ गते देखी प्रतियोगिता भएको थियो।
प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको थियो । प्रतियोगितामा नेपाली सेनाको ज्वालादल गुल्म,अमरज्योती क्लब,समाज विकास युवा क्लब, .सनसाईजिङ्ग क्लब,जनजागृती युवा क्लब,सिद्ध बाबा युवा क्लब,जन प्रगती युवा क्लब तथा उजाला युथ क्लब सहभागी रहेको आयोजक संस्थाका क्यामुदिन अंसारीले जानकारी दिएका हुन् । नगर खेलकुद विकास समितिका जंयोजक एम. समिउल्लाहको अध्यक्षतामा पुरस्कार बितरण समारोह सम्पन्न भएको हो ।
समारोहमा नेकपा एमाले बाराका अध्यक्ष पाण्डेय,जिल्ला सदस्य पुरुषोत्तम साह,वडा अध्यक्षहरु शिवबिहारी चौधरी,राजेश मण्डल,बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष राजकिशोर धामी,खेलप्रेमी तथा सयौंको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो।

