कलैया उपमहानगरमा आज शोक विदा

साझेदारी दैनिक
702 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिकाले कर्मचारी निधनको शोकमा सोमबार एक दिन बिदा दिएको छ ।

पशु विकास शाखामा कार्यरत विशेन्द्रकुमार यादवको शनिबार भएको निधनको शोकमा उपमहानगरपालिकाले बिदा दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आइतबार एक सूचना जारी गर्दै आज सोमवार नगर विदाको घोषणा गरिएको जनाएको छ ।

कलैया नगरपालिका भित्रका सवै वडा कार्यालय,शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिईएको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a review