जीतपुरसिमरा–३ का वडाअध्यक्ष कार्की ५ लाख घुस रकम परे अख्तियारको फन्दामा

साझेदारी दैनिक
390 पाठक संख्या

बारामा एक वडा अध्यक्ष अख्तियारको टोलीद्धारा घुस रकम सहित पक्राउ परेका छन ।

बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तारा बहादुर कार्की नगद ५ लाख सहित सोमवार अख्तियारको टोलीद्धारा पक्राउ परेका हुन ।

वडाअध्यक्ष कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले सेवाग्रहीसंग लिएको नगद ५ लाख रुपैया सहित जीतपु स्थित जयसवाल होटलबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष कार्कीले घरबाटो सिफारीस गरेबापत सेवाग्रहीसंग उक्त घुस रकम मागेका थिए ।

पल्टीङ्ग जग्गाको बाटो सिफारिसका गर्नका लागि वडा अध्यक्ष कार्कीले सेवाग्राहीसंग नगद ५ लाख घुस रकम मागेपछि सेवाग्रहीकै पहलमा अख्तियारले नगद सहित उनलाई पक्राउ गरेको हो।

सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा–२ का राजेन्द्र उप्रेती ‘राजन’ ले वडा अध्यक्ष कार्कीलाई यसअघि १३÷१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अति भएपछि अख्तियार गुहारेको जनाएका छन् ।

उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाण्डौका एक व्यक्तिको जग्गा सम्झौता गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३÷१४ लाख लिईसकेको दाबी गरे ।

सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको जनाए । जग्गा सम्बन्धी मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भने । उनले यस्को लागि पाँच लाख घुँस रकम माग गरे,व्यवसायी उप्रेतीले भने ।

धेरै दुख दिएपछि अत्ति भएपछि आपूmले अख्तियारमा जानकारी गराए ।अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उप्रेतीले जानकारी दिए । अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको र योजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई रहेकोछ । उनले मन्दिरको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।

उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका थिए । सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुँस रकम बुझ्न कार्की होटलमा आएका हुन् ।

अख्तियारले नियन्त्रणमा लिएका वडा अध्यक्ष कार्कीलाई हेटौँडा हुँदै काठमाडौँ लैजाने तयारी रहेको छ । वडा अध्यक्ष कार्की पक्राउँ पर्दा होटल अगाडि करिब एक सय भन्दा बढी सङ्ख्यामा हेर्न आउँने मानिसको भिड थियो । स्थितिलाई नियन्त्रणमा राख्न बाक्लो सङ्ख्यामा होटल अगाडि प्रहरी परिचालन गरिएको थियो।

Leave a review

This will close in 0 seconds