ज्यान मुद्दा मिलाईदिन्छु भनी रकम लिने दुर्गासाह कानु प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
352 पाठक संख्या

ज्यान सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेको व्यक्तिलाई छुटाईदिन्छु भनी रकम लिएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा वस्ने ४१ वर्षीय दुर्गा साह कानु रहेका छन् ।

कानुले छ लाख लिएर ठगी गरेको आरोपमा थुनामा रहेको व्यक्तिको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन् ।

कानुलाई आइतबार पक्राउ गरी ठगी मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले प्रेस विज्ञप्तिमा जनाएका छन् ।

Leave a review

This will close in 0 seconds