चाँदीका गहना सहित बिरगंजबाट एक जना पक्राउ

राम मण्डल
381 पाठक संख्या

पर्सा प्रहरीले चाँदीका गर-गहना सहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरीले गहना सहित बारा फेटा गाउँपालिका- ३ बस्ने रोशन सोनारलाई पक्राउ गरेको हो ।

अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा बिरगंज-१६ रजतजयन्ति चोक बाट सोनारलाई गहना सहित पक्राउ गरिएको हो ।

उनको साथ बाट दुई केजि १७३ ग्राम चादीको गहना बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

सोनारलाई राजश्व छलि चोरी पैठारी मुद्दामा आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Leave a review