भारतको पश्चिम चम्पारण चुनावको लागि पर्सा जिल्लाका सीमा नाका तीन दिन बन्द हुने

साझेदारी दैनिक
347 पाठक संख्या

भारतको बिहार राज्यको सीमाना जोडिएका पर्सा जिल्लाका सीमा जोडिएको क्षेत्र तीन दिनसम्म बन्द रहने भएको छ ।

बिहारको पश्चिमी चम्पारणमा लोक सभा चुनावलाई दृष्टिगत गर्दै पर्साका सीमानाका तीन दिन बन्द रहने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गरी भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि सिमानाका बन्द गर्न लागिएको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल द्वारा हस्ताक्षरित सूचनामा सीमा नाका बन्द हुने जनाइएको हो । सूचनामा अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सीमानाका बन्द हुने उल्लेख छ ।

पश्चिम चम्पारण,बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सीमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सीमानाका बन्द गरिने सूचनामा बताइएको छ ।

Leave a review

This will close in 0 seconds