सिसियाडीमा बढ्दो चिसोलाई मध्यनजर गरी कम्बल वितरण

साझेदारी दैनिक
386 पाठक संख्या

कलैया । सिसियाडीमा बढ्दो चिसोलाई मध्यनजर गरी कम्बल वितरण गरिएको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा जिल्ला प्रशासन कार्यालय पर्सा,उद्योग वाणिज्य संघ र रेडक्रस सोसाइटीको सहकार्यमा बुधबार बढ्दो चिसोलाई मध्यनजर गरी कम्बल वितरण गरिएको हो ।

दुई सय पचास जना विपन्न परिवारहरूलाई बढ्दो चिसोलाई मध्यनजर गरी कम्बलहरू वितरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन् ।

उक्त कार्यक्रममा पर्साका सहायक जिल्ला अधिकारी निशान राज गौतम,प्रमुख प्रशासनिक अधिकृत दीपक कुमार पटेल,सशस्त्र प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक राधेश्याम धिमाल,पोखरियाका प्रहरी निरीक्षक तथा सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेलको उपस्तिथि रहेको थियोे ।

Leave a review