एक करोड ४६ लाख बराबरको अबैध समान सहित ट्रक नियन्त्रण

संदिप प्रसाद यादव
399 पाठक संख्या

बारा प्रहरीले सोमबार एक करोड ४६ लाख ७९ हजार बराबरको अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित ट्रकहरूलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकमा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.एक करोड ४६ लाख ७९ हजार ७ सय ६८ रूपैया बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड रहेको लेडिज सुट,धागो,जारी दाना,प्रिन्ट कपडा,माला लकेट, मेटल धुरा र अन्य खुद्र समानहरू गरी अन्दाजी मुल्य रू. ६६ लाख ९० हजार ४ सय २९ रूपैया बराबरको समान बरामद गरेको छ ।

त्यस्तै प्रहरीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड रहेको मोबिल,वेडसिट कपडा,स्टेशनरी,मोटर पार्टस,वेकरी आईटम र अन्य खुद्र समानहरू गरी अन्दाजी मुल्य रू.७९ लाख ८९ हजार ३ सय ३९ रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको समान रहेको प्रहरीले जनाएको छ ।

समानहरू सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds