Sajhedari Daily
Latest News from Nepal

५ लाख मुल्य बराबारको मालसमान भन्सार चलान

Top Aside Banner

रञ्जन यादब/
जिल्ला प्रहरी कार्यालय बाराले पाँच लाख मुल्य बराबारको मालसमान भन्सार कार्यालय बिरगंज पठाएको छ । शुक्रबार र शनिबार गरी दुई दिनको समयमा पक्राउँ गरिएकोे मालसामान भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भन्सार पठाईएका मालसमानमा लाताकपडा, कस्टमेटिक सामानहरू,किराना मालसामानहरू र मोटरसाईकलका स्पेयरस पार्टस रहेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले उक्त मालसमानहरु कलैया उपमहानगरपालिकाको वडा नं.१० मटिअर्वा ,वडा नं.२० बसतपुर , वडा नं.१२ र सिम्रौनगढ नगरपालिका क्षेत्रबाट पक्राउँ गरेको थियो ।