प्राधिकारणका घिसिङलाई बर्खास्त गरेको विरोधमा कलैयामा मोचाद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

साझेदारी दैनिक
780 पाठक संख्या

कलैया : राजेश कुशवाहा/सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको बिरोधमा बाराको कलैयामा मंगलबार सांझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

समाजवादी मोर्चाको अगुवाईमा कलैयाको भरत चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो। भ्रष्टाचारी सरकार मुर्दाबाद,कुलमान घिसिङको कारवाही फिर्ता गर लगायतका नारबाजी गर्दे उनीहरुले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।

पुतला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच केही बेर घम्साघम्सी समेत भएको थियो । प्रदर्शन पश्चात आयोजित कोण सभामा नेकपा माओबादी बिप्लव समूह बाराका जिल्ला ईन्चार्ज जनक सि,नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह नेकपा एस बाराका धु्रव यादव लगायतकाले घिसिङलाई बहाली गर्न माग गरे।

प्रदर्शनमा नेकपा माओवादी केन्द्र बाराका सुनिल कुशवाहा,प्रभु यादव,मुस्लिम मुक्ति मोर्चाका मधेश प्रदेश अध्यक्ष राज खान,अव्दुलेश अंसारी,नेकपा एसका हरिओम साह लगायतको सहभागिता रहेको थियो।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको थियो ।

Leave a review

This will close in 0 seconds