नेपालमा औपचारिक रूपमा ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले अधिकारिक रुपमा आफ्नो सेवाको शुरुवात गरेको छ ।
इन्ड्राइभले न्यूनतम कमिश नलिएर नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न सो सेवा शुरु गरेको हो । इन्ड्राइभले चालककालागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।
पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।
इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल,चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन,आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।
इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवितनन्दा आनन्दका अनुसार एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु रहेको छ । इन्ड्राइभ आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा आफु उत्साहित रहेको उनले बताए । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ। हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण रहेको उनले बताए ।
सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा विश्वस्त रहेको उनले जनाए । त्यस्तै इन्ड्राइभ नेपालको डाइरेक्टर रीता पोखरेलका अनुसार नेपालमा इन्ड्राइभको अधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको हो ।
इन्ड्राइभ अब नेपालमा अधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा उत्साहित रहेको उनले जनाइन् । प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षितभुक्तानी गर्न सजिलो होस् भनेर पेमेन्ट पार्ट्नरको रुपमा आइएमइसँग साझेदारी गरेको उनले जनाइन् । काठमाडौँमा इन्ड्राइभले
ट्याक्सी,मोटरसाइकल डेलिभरी अन्तर–शहर यात्रा(सिटी टु सिटी)राइड दिइरहेको छ ।
आफ्नै भाडा प्रस्ताव गर्न सकिने,आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफुले स्वीकार गर्न सकिने,चालक छनोट गर्न सकिने,चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने यस सेवाको विशेषता रहेको छ ।
आफ्नो रोजाइमा सुरक्षित हुन सकिने,इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने लगायतको विशेषता रहेको छ । यात्रु र चालक दुबैले एक अर्काको रेटिङ र तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमाआफू कोसँग यात्रा गर्ने भनेर छनौट गर्न सकिने सुविधा यो एपमा रहेको छ ।
सवारीको समयमा एपमा लाइभ राइड विवरण शेयर गर्न मिल्ने र सेभ अवर सोल्स (एस्ओएस्) बटनको सुविधा यो सेवामा रहेको छ । यो सेवामा अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाई छिटो सहयोग लिन सकिने र स्थितिको चाँडै समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा यसमा रहेको छ ।


