एक कार्यक्रमकाबीच मोबाईल सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय वीरगञ्जमा बिहीबार उद्घाटन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–८ शिवा अस्पताल अगाडी कार्यालयको उद्घाटन एनसेलका चिफ अपरेशन स्टाफ स्टेफेन रोडरिगेजले फित्ता काटेर गरेका हुन् ।
कार्यालयबाट नयाँ किसिमको सेवा सुबिधा लिन सक्ने,ग्राहकहरुको प्रतिक्रिया लिने कार्य पनि गरिने कम्पनीकी कस्टमर एक्सपेरियन्स म्यानेजर ज्योति दाहालले जानकारी दिईन ।
एनसेलको कुनै पनि नयाँ अफरहरुको बारेमा जानकारी अहिलेको युगमा प्रयोग भईरहेको ई सिम हराएको सिम केही छिनमै ग्राहकहरुले पाउन सक्ने उनले बताईन ।
वीरगञ्जस्थित क्षेत्रीय कार्यालयबाट वितरण हुने ब्रेसरलाई स्थानीय भाषामै भविष्यमा उपलव्ध गराउने योजना रहेको जानकारी दिदै दाहालले बताइन् ।
वीरगञ्जको कार्यालयका कर्मचारीहरुलाई स्थानीय भाषामै सहजीकरण गरिरहेको उनले बताईन् । बजारमा ग्राहकहरुको पहिलो रोजाईमा अहिले पनि एनसेल नै रहेको भन्ने कुरा आफुले पाएको उनको भनाई थियो ।

