रौतहटमा बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ

साझेदारी दैनिक
292 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव : रौतहटमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।

१५ लाख रुपैयाँको चेक बाउन्स मुद्दामा जिल्लाको वृन्दावन नगरपालिका – ९ भुसहाका ४५ वर्षिय शेख जवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लुकिछिपी बसेको विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबाट खटेको प्रहरी टोलीले जवारलाई शुक्रवार साँझ गरुडा नगरपालिकाको विर्ता चोकबाट पक्राउ इलाका प्रहरी कार्यालय गरुडालाई बुझाएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएस्पी दीपक कुमार रायले बताएका छन्।

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको र अदालतबाट म्याद थमाएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक डिएस्पी रायले बताए।

बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएदेखि नै जवार फरार रही लुकिछिपी बस्दै आएका थिए तर गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई विर्ताबाट पक्राउ गर्न सफल भएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका डिएस्पी राजन कार्कीको विशेष सक्रियतामा जवार पक्राउ परेको बुझिएको छ।

वृन्दावन नगरपालिका -९ भुसहाकै एक जनाले शेख जवारमाथि चेक बाउन्स गराएका थिए।

रौतहट जिल्ला अदालतबाट प्राप्त पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ।

Leave a review