वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् ।
उनले एमालेको केन्द्रिय सल्लाहकारबाट समेत राजिनामा दिएका हुन । बितेको बैशाख २६ गते नै उनले राजिनामा पत्र पार्टीलाई बुझाएका हुन।
जसपाको टिकटबाट वीरगञ्ज महानगरको प्रथम मेयरको रुपमा ०७४ सालको स्थानीय तहको निर्वाचन सरावगीले जितेका थिए । उनी ०७९ सालको निर्बाचनको मुखमै जसपा परित्याग गरेर नेकपा एमालेमा प्रबेश गरेका थिए ।
सरावगीले पार्टीभित्र हैसियत अनुसारको भूमिका रहने अपेक्षा लिएका थिए । पार्टीको भूमिकाले राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले राजिनामा दिएको सरावगी बताउँछन् ।
उनले नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी राजीनामा गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन । सरावगीले आफनो राजिनामा पत्र स्वीकृत गरी स्वतन्त्र रुपमा जनताको बिचमा गएर काम गर्ने वाताबरण बनाई दिन एमालेका राष्ट्रिय अध्यक्षसित राजिनामा पत्रमार्फत अनुरोध गरेका छन ।
०७९ सालमा एमालेले आफुलाई पार्टीबाट महानगरको मेयरमा टिकट दिएको बिषयमा सरावगीले धन्यबाद पनि दिएका छन । ०७४को स्थानीय तहको निर्वाचनमा सरावगी साबिक संघीय समाजवादी फोरम नेपालबाट वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए।
एमालेले उनलाइ ०७९ सालको निर्वाचनमा महानगरको मेयर पदमा उठाएको थियो। उनी राजेशमान सिंह सित पराजित भएका थिए ।
सरावगी पछिल्लो समय जनता समाजबादी पार्टी नेपाल फुटेको तथा उपेन्द्र यादव नेतृत्वको जसपामा जाने चर्चा चलेको छ ।

