पानी तान्ने विद्युतीय मोटर चोरी गर्ने एक युवक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
463 पाठक संख्या

बारा प्रहरीले पानी तान्ने विद्युतीय मोटर चोरी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।

बैशाख २६ गते राति जिल्लाको पचरौता नगरपालिका वडा नं. ३ रामनगर स्थितबाट बिभिन्न व्यक्तिहरूको पानी तान्ने चार वटा विद्युतीय मोटर चोरी भएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ प्रहरी चौकी श्रीनगरबैरियाबाट खटिएको प्रहरी टोलीले उक्त पानी तान्ने विद्युतीय मोटर चोरी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी २७ वर्षीय श्यामसुन्दर सहनी रहेको प्रहरीले जनाएको छ ।

मोटरहरू खोज तलास गरी शनिबार उनको साथबाट चोरी भएको ४ वटा मोटरहरू प्रहरीले बरामद गरेको छ ।

मोटरहरू बरामद गरी युवकलाई समेत नियन्त्रणमा लिई चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट चार दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds