चरेस तस्करीमा युवतीको प्रयोग,एक भारतीयसहित दुई पक्राउ

राम मण्डल
265 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जबाट भारत तर्फ लागू औषध चरेसको तस्करीमा युवतीको प्रयोग भएको खुलेको छ। ग्यालेनमा लुकाएर लैजादै गरेको चरेससहित वीरगञ्जबाट एक युवतीलाई पर्सा प्रहरीले पक्राउ गरेपछी चरेस तस्करीमा युवतीको प्रयोग भएको खुलेको हो।

वीरगञ्ज महानगरपालिका–१६ स्थित नेपाल भारतको सिमानामा जाँच गर्ने क्रममा बाराको प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई वीरगञ्ज महानगरपालिका–१६ बसपार्कमा कोठा भाडामा लिइ बस्ने ३० बर्षकी आरती यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकी यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश ११ किलो चार सय ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।

यस्तै सोही स्थानबाट भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलोनी बस्ने २८ बर्षका राज अधिकारीलाई पनि चरेस र गाँजा सहित प्रहरीले पक्राउ गरेको छ।

अधिकारीले बोकेको क्यामो ब्यागभित्र लुकाइ राखिएको गाँजा ६ किलो ३ सय ग्राम र प्लाष्टिकले बेरी राखिएको चरेश दुई किलो एक सय ग्राम बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ।

गाँजा र चरेससहित पक्राउ परेका दुबै जनालाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ भट्टले जानकारी दिए।

Leave a review

This will close in 0 seconds