दोश्रो कलैया उपमहानगरपालिका कप फुटबल प्रतियोगिता जेठ तीन गते देखि हुने

संदिप प्रसाद यादव
561 पाठक संख्या

दोश्रो कलैया उपमहानगरपालिका कप फुटबल प्रतियोगिता २०८१ जेठ ३ गते हुने भएको छ ।

’स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका सांथ यो प्रतियोगिता हुने भएको हो । कलैया उपमहानगरपालिकाको प्रायोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो ।

प्रतियोगितामा आठ वटा टिम सहभागी हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार तथा द्वितीय हुने टिमलाई २० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक एम.समिउल्लाहले जनाएका छन।

पुरस्कारका सांथै सहभागी टोलिहरुलाई दैनिक व्यवस्थापन तथा खाजा खर्च एवम दैनिक पुरस्कार समेत प्रदान गरिने समिउल्लाहले जनाएका छन।

सो प्रतियोगिता कलैया–२१ को भोडहा स्थित फुटबल मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपाली सेनाको ज्वालादल गुल्म,अमरज्योती क्लब, समाज विकास यूवा क्लब,सनसाईजिङ्ग क्लब,जनजागृति यूवा क्लब, सिद्ध बाबा यूवा क्लब,जन प्रगति यूवा क्लब तथा उजाला युथ क्लब सहभागी हुने आयोजक संस्थाका दिनदयाल साहले साझेदारी दैनिकलाई बताए ।

Leave a review

This will close in 0 seconds