काठमाडौं–तराई/मधेश द्रुतमार्गको आधा काम सम्पन्न, चैतसम्म निर्माण सक्ने लक्ष्य

संदिप प्रसाद यादव
108 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

बारा । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) राष्ट्रिय गौरव आयोजनाको करिब आधा काम सम्पन्न भएको छ। योजना प्रमुख तथा उपरथी धर्मेन्द्रकुमार झाका अनुसार आयोजनाको हालसम्म ४७.५६ प्रतिशत भौतिक तथा ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरू सहित नेपाली सेनाको टोलीले द्रुतमार्गको सोमबार स्थलगत अनुगमनको क्रममा उनले यस्तो बताएका हुन्। अनुगमनका क्रममा आयोजना प्रमुख उपरथी झाले द्रुतमार्ग निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको बताएका हुन्।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ७०.९७७ किलोमिटर लम्बाइ रहेको द्रुतमार्ग एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड (प्राइमरी क्लास ‘ए’) अनुसार निर्माण भइरहेको छ।आयोजना अन्तर्गत ७ स्थानमा १०.९७९ किलोमिटर लम्बाइका ट्विन टनेल निर्माण भइरहेका छन्।८९ स्थानमा पुल निर्माणको काम जारी रहेको छ।

हालसम्म सुरुङमार्गतर्फ ६.४ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ। दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भइसकेको छ। ३.४ किलोमिटर लामो अर्को सुरुङको ‘ब्रेकथ्रु’ असार महिनाभित्र गर्ने योजना रहेको सेनाले जनाएको छ। त्यस्तै ४ किलोमिटर सुरुङमा लाइनिङको काम सम्पन्न भइसकेको प्रवक्ता बस्नेतले जानकारी दिए।

पुल निर्माणतर्फ ८९ मध्ये १६ वटा पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण सम्पन्न भएको छ। सडक निर्माणतर्फ ४७.११३ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। ७ किलोमिटर ‘सर्भिस लेन’ कालोपत्रे भइसकेको वस्नेतले जानकारी दिए।

आयोजनाको सुरु लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ रहेकामा परिमार्जित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ। ।लागतमा २ अर्ब २ करोड रुपैयाँ घटाइएको योजना प्रमुख झाले जानकारी दिए । उनका अनुसार द्रुतमार्गमा ३ वटा इन्टरचेन्ज (खोकना, बुदुने र निजगढ), ३ वटा टोल प्लाजा (बुंगमती, बुदुने र निजगढ) तथा २ वटा विश्रामस्थल निर्माण हुनेछन्।

आयोजना अन्तर्गत कुल ७ स्थानमा सुरुङमार्ग निर्माण भइरहेको छ। यी सुरुङहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर (दुईतर्फी लम्बाइ २१.९५८ किलोमिटर) रहेको योजना प्रमुख उपरथी झाले जानकारी दिएका छन्। द्रुतमार्गमा देवीचौर (१ किमी), सिसौटार (०.३९ किमी), चन्द्राम भीर (२.२३७ किमी), महादेवडाँडा (३.४५५ किमी), घेद्रे (१.६९१ किमी), लेनडाँडा (१.६२३ किमी) र मौरीभीर (०.५८३ किमी) गरी सात वटा सुरुङ रहेका छन्।

आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको योजना प्रमुख झाले बताए । उनका अनुसार आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली सेनाले हाल ११ क्लस्टर मार्फत ६५ किलोमिटर क्षेत्रमा निर्माण कार्य अघि बढाइरहेको उनले जानकारी दिए ।

त्यस्तै आयोजनाका लागि हालसम्म ५५ हजार ३०४ रुख कटान गरिएको छ। क्षतिपूर्तिस्वरूप ७ लाख ५ हजार ५१२ वटा वृक्षारोपण ५ हजार ८६ हेक्टरमा गरिएको योजना प्रमुख झाले जानकारी दिए।

Leave a review

This will close in 0 seconds