जीतपुरमा स्वामी बिबेकानन्द सँस्कृति ज्ञान परिक्षा

रञ्जन यादव
291 पाठक संख्या

हिन्दु स्वयसेवक संघ नेपाल जीतपुरको आयोजनामा स्वामी बिबेकानन्द सँस्कृती ज्ञान परिक्षा २०८१ सम्पन्न भएको छ ।

परिक्षामा एभरग्रिन एकेड्मी जीतपुरका बिद्यार्थी युवराज कुमार प्रथम भएका छन् । त्यस्तै द्धितीय जीतपुर पब्लिक एकेड्मी जीतपुरका दिपांशु तिबारी र तृतीय एमरल्ड एकेड्मी जीतपुरका अलिसा चौधरी हुनुभएको कार्यक्रम संयोजक संदिप साहले जानकारी दिनुभयो ।

परिक्षामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमस : आयोजकले नगद रु ११ हजार ७ हजार र ५ हजार सहित शिल्ड र मेडल बितरण गरिएको संयोजक साहले बताउँनुभयो ।

त्यस्तै आयोजक हिन्दु स्वयसेवक संघ नेपाल जीतपुरले ११ जना बिद्यार्थीहरुलाई रु ५ सयका दरले सन्तावना पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगर र पालिकाको १३ वटा बिद्यालयका करिब ३ सय जना बिद्यार्थीको सहभागिता रहेको थियो । हिन्दु स्वयसेवक संघ नेपालका नगर संघ चालक रामाधार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ समाजसेवी डा. रबिन्द्र कुमार सिँह रहनुभएको थियो ।

कार्यक्रममा अमृतबचन राजकृष्ण ठाकुरले गरेका थिए भने एकलगित बालमिकी जीले गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिमा फुर्तिलाल प्रसाद कलवार,प्रमुख बक्ता तथा संघका शुभचिन्तक मुनिलाल कर्ण,समाजसेवी राजु कलवार लगायतको सहभागिता रहेको थियो ।

आयोजकले कार्यक्रममा बिभिन्न बिद्यालयहरुको सहभागितामा साँस्कृतिक प्रस्तुती गरेको हिन्दु स्वयसेवक संघ नेपाल जीतपुरका बिकासले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds