२३ लाख २१ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रण

संदिप प्रसाद यादव
455 पाठक संख्या

बारा प्रहरीले २३ लाख २१ हजार बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकहरुबाट बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.२३ लाख २९ हजार ९ सय ५१ रूपैया बराबरको समान प्रहरीले बरामद गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलिले जिल्लाको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर स्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्यादै गरेको प्याज अन्दाजी ३ सय किलो मुल्य रु. २१ हजार रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चौक स्थित विरगंजबाट झापा तर्फ जादै गरेको ना.७ ख ११७० नम्बरको ट्रकबाट हार्डवेयर,पंखा,चप्पल,पेन्ट लगायतका विभिन्न खुद्रा सामानहरूसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका ट्रकमा विलबिजक भन्दा बढी सामान रहको श्रोत समेत खुलाउन नसकेको मुल्य रू २३ लाख ५ हजार ९ सय ५१ रुपैयाँ बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

अवैध समानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds