आन्दोलनरत आजपा र भन्सार विभागवीच छ सहमति

साझेदारी दैनिक
साझेदारी दैनिक 90 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

भन्सार विभाग र आम जनता पार्टी (आजपा) निकट आम सम्पर्क मञ्चवीच छ बुदेँ सहमति भएको छ ।

बुधवार विभागमा भएको दुवैपक्षवीचको सम्पन्न बार्ता र छलफलबाट उक्त सहमति भएको हो ।

मञ्चले विगत लामो समयदेखी भन्सारको लूटकारी प्रावधान विरुद्ध काठमाण्डौमा आन्दोलन गर्दै आईरहेको थियो।

भन्सारको लुटकारी प्रावधान हटाउन सरकार र आम सम्पर्क मञ्चको बिच आज भएको ऐतिहासिक सहमति भएको छ ।

भन्सार नियमावली को परिच्छेद १० को पुरस्कार सम्बन्धी व्यवस्था हटाने,कर कानुन,राजश्व कानुर र भन्सार कानुनमा एकरुपता ल्याउने, भन्सार कार्यालयबाट प्राप्त आम्दानी मध्ये २५ प्रतिशत प्रदेश सरकारमा र २० प्रतिशत स्थानीय तहहरुमा दिने,घरायसी प्रयोगना निम्ति ल्याइने बस्तुहरुमा भन्सार नलाग्ने आदी विषयमा दुवै पक्षवीच सहमति भएको पार्टीका केन्द्रीय उपाध्यक्ष श्री अशोक लामाले जानकारी दिएका छन ।

सहमतिसंगै देशको राजस्व संकलनमा गुणात्मक वृद्धि हुने,भन्सार राजस्वमा भईरहेको चुहावट एवं भ्रष्टाचार घटने तथा सिमा क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहले बताएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review