रञ्जन यादब/
बारामा वडाको लगानीमा पहिलो चोटी ३० बेड क्षमताको आईसोलेसन तयार भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा वडाको लगानीमा ३० बेड क्षमताको आईसोलेसन निर्माण भएको हो ।
समुदायको सल्लाह बमोजिम वडाले प्राप्त गरेको बजेटबाट स्थानीय मदरसामा आईसोलेसन संचालनमा आएको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । जसमा मेयर र उपमेयरले पनि नगरको बजेटबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्ष देवानले बताउँनुभयो ।
आईसोलेसनमा महिला र पुरुषलाई बेग्ला बेग्लै बस्ने ठाउँ र शौचालय तथा नुहाउँने कक्ष बनाईएको छ । आईसोलेसनमा डाक्टर ईल्ताफ अंसारी र डाक्टर एमामुल मंसुरीले निशुल्क सेवा दिने वडा अध्यक्ष देवानले बताउँनुभयो । अहिलेसम्म वडा नं.२३ मा नौँ जनामा कोरोना संक्रमण देखिएको छ ।
बाराको १६ वटै स्थानीय तहहरुले आईसोलेसन बनाउने प्रतिबद्धता जनाए पनि महागढीमाई नगरपालिका बाहेक अरुले आईसोलेसन बनाउनेतर्फ तर्खर देखाएका छैन् । जीतपुरसिमरा उपमहानगरपालिकामा प्रदेश सरकारले बनाउन भनेको ४ सय सैयाको आईसोलेसन अहिले अन्यौलमै छ ।