राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि संचालन गरेको राष्ट्रिय शिक्षा परीक्षा(एसईई) बारा सहित देशभर शुरु भएको छ ।
बाराका १६ वटै स्थानीय तहका ३८ वटा परीक्षा केन्द्रमा विहीवरदेखी शुरु भएको एसईई परिक्षा शान्तिपूर्ण रुपमा भएको हो । यो बर्ष बाराका ९ हजार ४ सय ४२ जना परीक्षार्थीले यसवर्ष परीषा बारा जिल्लाबाट एसईई परीक्षा दिदैँछन् ।
जसमध्ये विहीवारको पहिलो दिन अङ्ग्रेजी विषयमा ४ हजार ६ सय ३६ जना छात्रा र ४ हजार ५ सय ७८ जना छात्र गरि ९ हजार २ सय १४ जना परीक्षार्थीले एसईई परिक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बारा कलैयाले जनाएको छ । यसैगरी सहभागी मध्ये दुई जना दृष्टिबिहिन परीक्षार्थी रहेका छन् ।
१ सय ३४ जना छात्रा र ९४ जना छात्र गरि २ सय २८ जना परीक्षार्थीले बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको एसईई परिक्षामा अनुउपस्थित रहेको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय बाराका प्राविधिक सहायक एवम् परीक्षा प्रमुख सन्तोष कुमार शर्माले बताए ।
बारामा ३८ वटै परिक्षा केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ५ सय ७० जना सुरक्षाकर्मी र ४ सय ५२ जना निरीक्षकहरु खटिएको बाराका परीक्षा प्रमुख शर्माले बताए ।
परीक्षा बिहीबार बिहान ८ बजेबाट जिल्लाभर एकै साथ सुरु भएको थियोे । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा भएको बाराका परीक्षा प्रमुख शर्माले जानकारी दिए ।


