नेपाली काँग्रेस वडा समितिले सभापति सहित तीन जनालाई कारवाही

साझेदारी दैनिक
879 पाठक संख्या

रञ्जन यादव
स्थानीय तहको निर्वाचनमा आफनो पार्टीलाई हराउँन भुमिका खेलेको भन्दै नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ कमिटीले वडा सभापति सहित तीन जनालाई कारवाही गरेको छ ।
वडा उपसभापति पाल्सङ्ग लोप्चनको अध्यक्षतामा बसेको बैठकले वडा नं.१७ का वडा सभापति हिरालाल यादब ,क्रियाशिल सदस्य मिन बहादुर पाख्रिन र सधारणसदस्य जितेन्द्र चौधरीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीका रमेश मोक्तानले जानकारी दिनुभयो ।
कारवाही परेकाहरुले यही वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा वडामा आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन बिपक्षी पाटीको उम्मेदवारको भोट मागी नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँन भुमिका खेलेको आरोप छ । कारवाहीगरिएको प्रतिलिपी नगर पाटी कमिटी,क्षेत्रीय पाटी कमिटी र जिल्ला कमिटीलाई बुझाईएको उपसभापति लोप्चनले जनाए ।

Leave a review

This will close in 0 seconds