Sajhedari Daily
Latest News from Nepal

कुटपिट गर्नेहरुलाई कानुनी कार्यवाही गर्न पिडितहरको माँग

Top Aside Banner

बाराको करैयामाई गाँउपालिका वडा नम्बर ८ का गायत्री देवी महतो पक्षधरका ब्यतिmहरु आफुहरुलाई निर्धात कुटपिट गर्नेहरुलाई कानुनको दायरामा ल्याउन माग गर्नुभएका छन् ।  घटनाको स्थलगत निरिक्षण गर्न गएका मानव अधिकारकर्मी तथा पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो माँग गरेका थिए ।

साउन महिनाको ३२ गते गायत्री र मगरी देवी बिच बाख्राले पिठो खाएको बिषयमा समान्य झगडा हुदा भदौ १ गते मगरी पक्षधरका दर्जनौ ब्यतिmहरुले निर्मम तरिकाले कुटपिट गर्नुको साथ साथै सम्पतिको पनि क्षति पुगाएको पिडित रामदिनेश कलवारले जानकारी दिए ।

स्थानिय लालधर चौधरी, शिवनारायण चोधरी, धर्म चौधरी, जमोध चौधरी, दिपक चौधरी, ब्रम्हदेव पंडित, गुपत चौधरी, चन्देशवर चौधरी, गजी दास, कोसलेस चौधरी, राजेश चौधरी, अवदुल मिया, सबदुल मिया, बिरु मिया, बिगु महतो लगायतका सयौ ब्यतिmहरुले राजधारी महतो, सोनु महतो, सबिता महतो, बिरेन्द्र महतो, नथुनी महतो, कपिलदेव महतो, उमेश कलवार, रामदिनेश कलवार, नेमीलाल महतो, सन्तोष महतो, पिन्टु साह कलवार लगायतका ब्यतिmहरुलाई बेलाही, पथरा, सुखी, लंगडाचोक, बुधगाई बस्तपुर, पिप्रा, बाजोपटी लगायतको गाँउ सम्म लखेडी लखेडी निर्घात कुटपिट गरी घाईते बनाएको सो अवश्रमा जानकारी गराएको थियो ।

त्यही मात्र नभई पाहुना आएका वीरगंज छपकहिया निवासी बिरेन्द्र नुनियालाई समेत कुटपिट गरेका थिए । घाईतेहरु वीरगंज स्थित प्रभु अस्पतालमा ३ जना, न्यूरोमा १ जनाको उपचार भईरहेको छ भने बाकीको कलैया स्थित रहेको बारा नर्सिग होममा उपचार गराई गाँउमा रहेको पिडित गायत्रीले गुनासो गरे ।

कुटपिट गर्ने १९ जनामा मुद्धा दर्ता गरेपनि प्रहरीले तिनीहरुलाई अझै सम्म पक्राँउ गर्न नसक्दा आफुहरुमा अझै डर र त्रास छाएको कपिलदेव महतोले बताउनुभयो । यता रामहयोध्या चौधरीले नुनिया पक्षधरमा झगडा भई शान्त भएपनि रामदिनेश कलवारले नै मगरी पक्षधरका पुरुष तथा महिलाहरुलाई निर्घात कुटपिट गर्न थालेपछि आफुहरुले कुटपिट गरेको बताए ।