किशोरीहरुका लागि करेसाबारी सम्बन्धी अभिमुखिकरण तालिम

साझेदारी दैनिक
990 पाठक संख्या

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा किशोरीहरुका लागि करेसाबारी सम्बन्धी एक दिने अभिमुखिकरण तालिम कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा सोही वडामा रहेको उज्वल किशोरी सम्बाद केन्द्रका १५ जना किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परवानीपुर गाउँपालिकाकी कृषि प्राबिधिक रबिता कुमारी मण्डलले प्रशिक्षण दिएकी थिईन ।

कार्यक्रममा करेसाबारीको महत्त्व, करेसाबारीको स्थापना कसरी गर्ने, करेसाबारीमा लाग्ने रोगको ब्यवस्थापन कसरी गर्ने, तरकारी बालीलाई बिषादी रहित कसरी उत्पादन गर्ने, मैसमी तथा बेमौसमी तरकारी कसरी उत्पादन गर्ने, नर्सरी कसरी बनाउने लगायतका बिषयमा सिप सिकाउनुका साथै छलफल गरिएको किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds