ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रञ्जन यादव
430 पाठक संख्या

बारा : बाराको जीतपुरमा सोमबार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् । वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।घटनालगत्तै चालकलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकललाई ठक्कर दिने ट्यांकरसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

Leave a review

This will close in 0 seconds