बारा प्रहरीले ४८ लाख २१ हजार बराबरको अबैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा अबैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकमा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अन्दाजी ४८ लाख २१ हजार १७ रूपैया बराबरको अबैध सामान
प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले सोमबार जितपुरसिमरा उपमहानगरपालिका –२१ ऋमलेखगञ्जमा एक यात्रुवाहक वसलाई जाँच गरेको हो ।
कलैयाबाट नारायणगढ तर्फ जादै गरेको ना ५ ख ९८३८ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा अन्दाजी ६६हजार एक सय रुपैया बराबरको सेन्डो ३ सय १० पिस र १ सय ८० पिस पेन्टि बरामद गरेको छ ।
त्यस्तै प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ ऋमलेखगञ्जमा एक ट्रकलाई जाँच गरेको छ । वीरगंजबाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना.३ ख ५२५० नम्बरको डिब्बा ट्रकलाई रोकी जाँच गर्ने क्रममा विभिन्न खुद्रा सामानहरू सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
उक्त ट्रकबाट अन्दाजी मुल्य रू. २१ लाख ८६ हजार एक सय ३० रुपैयाँ बराबरको पापड,बुनिदाना,मोटर,टायर,कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका –२१ स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्यादै गरेको १० पिस प्लाष्टिकको गमला अन्दाजी २० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले विश्रामपुर गाउँपालिका – ५ इटियाही पुल स्थितमा भारतबाट नेपाल अबैध रुपमा भन्सार छली गरी टाँउकोमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य रु. ३४ हजार ५ सय ८१ रुपैया बराबरको नुहाउने साबुन,लुगा धुने साबुन,स्याम्पु र कुखुराको मासु बरामद गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थित वीरगंजबाट रुपन्देही तर्फ जादै गरेको ना.७ ख ०९७८ नम्बरको ट्रकलाई विशेष सूचनाको आधारमा रोकी जाच गर्ने क्रममा खुद्रा सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकबाट श्रोत खुलाउन नसकेको विलविजक मुल्य रू पचिस लाख सात हजार दुई सय छ रुपैयाँ बराबरको प्रिन्टर,पेपर,ड्रम,हार्डवेयर,पंखा,किराना लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली चोकमा जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा टाउकोमा बोकी लुकाई छिपाई ल्याउदै गरेको १० केजी सुर्ती अन्दाजी मुल्य रु. ७ हजार रुपैयाँ बराबरको गरेको प्रहरीले जनाएको छ ।
अबैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


