वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

तामागढी सकोसद्धारा संचालक समिति शिक्षा कार्यक्रमको आयोजना

कोल्हवी, १२ मंसिर
बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले आईतवार संचालक समिति शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी संस्थाको भर्खरै सम्पन्न साधारणसभाबाट निर्वाचित संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, शेयरसदस्यहरुलाई सहकारी शिक्षा दिने तथा ऐन, नियम, विनियमावलीका व्यवस्था प्रावधान वारे जानकारी दिने उदेश्यले उक्त कार्यक्रको आयोजना गरिएको हो ।
कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित तामागढी ईभेन्ट भ्युमा संचालित उक्त कर्याक्रममा तामागढी गु्रमका अध्यक्ष युवराज क्षेत्री र तामागढी साकोसका मुख्यप्रबन्धक बासुदेव रिमालले प्रशिक्षण गराएका थिए ।
संचालक समितिका अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु, लेखा समितिका सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
तामागढी सहकारीले कोल्हवी मुख्य केन्द्र सहित कोल्हवीकै नयाँवस्ती, बारागढीको खोपवा, करैयामाई र जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सेवाकेन्द्र स्थापना गरेर कारोवार गर्दै आईरहेको सहकारीका उमेश सापकोटाले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!