सिरोहियालाई थप अनुसन्धान अदालतको तीनदिन म्याद थप

साझेदारी दैनिक
238 पाठक संख्या

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले बुधवार थप तीनदिन म्याद अनुमति प्रहरीलाई दिएको छ ।

मंगलवार साँझ काठमाण्डौ स्थित आप्mनै कार्यकक्षबाट नागरिकता सम्बन्धी मुद्दमकम पक्राउ गरि सिरोहियालाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याईएको थियो।

उनलाई अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप सहित अदालतमा हाजिर गराइएको थियो । तर अदालतले प्रहरीलाई ३ दिनको मात्र म्याद दिएको छ ।

दुई वटा नागरिकता सम्बन्धी सिरोहिया विरुद्ध धनुषा प्रहरी मा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला नयायाधीश चुडामन खड्काको इजलासबाट ३ दिनको लागि म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले बताएका छन ।

Leave a review