कोरोना संक्रमीत, बिपन्न तथा असाहय परिबारका लागी बारा सिमराका युबाहरुले फुड बैक सिमरा बुधबार देखी संचालनमा ल्याएका छन ।
पथलैया चोकमा ‘हुनेले दिएर जाउ नहुनेले लिएर जाउ’ भन्ने नारा लेखीएको ब्यानर सहित पथलैया सिमराका युबाहरुले स्थानीय तहको सहजीकरणमा फुड बैक सिमरा शुभारम्भ भएको हो ।
सामाजीक बृतका परिचित युबाहरुको सहभागीता रहेको उक्त फुड बैकमा अधिकांशले चामल, दाल, तेल सहयोग गरेका थिए भने चाउचाउ पनि बैकमा सहयोग स्बरुप जम्मा गरेका थिए ।
पहिलो चरणमा पथलैया र सिमराका ७ स्थानमा बैक खडा गरी जनस्तरबाट हुनेले दिने स्थान खडा गर्ने दोस्रो चरणमा बैकमा सहभागी सदस्यहरु स्बयंबाट स्बस्फुर्त राहत संकलन गने र तेस्रो चरणमा स्थानीय बडा नम्बर १ र २ को कार्यालयबाट सहयोग संगै नहुनेले लैजाने क्रम समेत नियमित हुने आयोजकले जनाएको छ ।
लकडाउनको समयमा दैनीक मजदुरी गर्न नपाएका, बिपन्न स्थानीय सर्वसाधारण भोकै र पिडित बनेको अबस्थाा नियाल्दै स्थानीय युबाहरुले स्थानीय तहको समन्बयमा फुड बैंकको स्थापनाले ठुलो सहयोग हुने आशा समाजमा गरीएको छ ।
छाक नै रोकिने अवस्था नआओस, विपन्न परिवारले राहत पाओस भन्ने सामाजीक उदेश्यले फुड बैक सिमरा संचालनमा ल्याएको संयोजक प्रकाश ढुगांनाले बताए । फुड बैंकमा आज देखी जम्मा भएका चामल, तेल, नुन, दाल, चाउचाउलाई बडा जनप्रतिनीनधीको रोहबरमा प्याकेजमा बितरण गरीने भएको छ ।