वीरगञ्ज कपडा बैैंकद्वारा दाताहरुलाई सम्मान

साझेदारी दैनिक
377 पाठक संख्या

वीरगञ्ज कपडा बैैंकले दाताहरुलाई शनिबार सम्मान गरेको छ ।

वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरी बैंकमा कपडा उपलव्ध गराउदै आएका दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा एक सय जना कपडा दाताहरुलाई सो कार्यक्रममा सम्मान गरिएको हो ।उनीहरुलाई सम्मानपत्र उपलव्ध गराइएको हो ।

कार्यक्रममा सहभागी भएका कपडा बैंकका सदस्य तथा राजनीतिक दलका नेताहरु मार्फत सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जसपा नेपालका नेता एवम् बैंकका संरक्षणकर्ता सुुरेन्द्र कुर्मीले कपडा दानले गरिबवर्गलाई फाइदा पुग्ने बताए । उनले दाताहरुले हालसम्म पुरानो कपडाहरु दान गर्दै आएको बताए ।

केही मात्रामा नयाँ कपडा समेत दान गर्न उनले आग्रह गरे । नेजामुदिन समानीले बिभिन्न सँस्थाहरु पैसाबाट चलिरहेको कपडा बैंक रहेको बताए ।

उनले निस्वार्थ दिनदुखीहरुलाई सहयोग गर्दै आईरहेको बताए । यसलाई राजनितीकर्मीहरुले पनि संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।०७६ साल माघ ५ गतेका दिन सो बैंकको स्थापना भएको थियो ।

वीरगञ्ज कपडा बैंकले गरिब,असहाय,दिनदुखीहरुलाई दाताहरुले दिएको नयाँ तथा पुरानो कपडाहरु निःशुल्क रुपमा उपलव्ध गराउदै आएको छ ।

कपडा बैंकका अध्यक्ष लालबाबु सिँहको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

Leave a review

This will close in 0 seconds