Sajhedari Daily
Latest News from Nepal

बन्दाबन्दीबाट गुजारा गर्न गा्रहो भएका ५ सय २० घरपरिवारलाई राहत

Top Aside Banner

रञ्जन यादब /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ कार्यालयले बन्दाबन्दीबाट गुजारा गर्न गा्रहो भएका ५ सय २० घरपरिवारलाई राहत बितरण गरिरहेको छ ।

वडाले आज बितरण गरेको दोस्रो चरणको राहतमा २ सय १ घरपरिवारलाई राहत बितरण गरेको हो ।
भोलि बाँकी ३ सय १९ घरपरिवारलाई राहत बितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयले घरपरिवारको आधारमा राहतलाई दुई भागमा बाँडेर बितरण गरिरहेको छ ।तीन जना सदस्य सम्मको घरपरिवारलाई वडा कार्यालयले २० किलो चामल र तीन जना भन्दा बढी सदस्य रहेको घरपरिवारलाई ३० किलो चामल बितरण गरिरहेको छ ।

राहतमा अरु सामग्रीहरुमा प्रत्येक परिवारलाई दुई किलो दाल ,१ लिटर तेल,१ किलो नुन ,२५० ग्राम स्वाबिन र एउटा हात धुने साबुन बितरण गरिरहेको छ ।

वडा कार्यालयले यस भन्दा अगाडि पहिलो चरणको राहतमा ३ सय ३४ घरपरिवारलाई राहत बाँडेको थियो ।
त्यस्तै स्थानीय एउटा संस्था पथलैया युवा समाजसँग सहकार्य गरेर वडा कार्यालयले १ सय ९ घरपरिवारलाई राहत बितरण गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।