लाँगु औषध गाँजा मुद्दामा फरार रहेका प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
379 पाठक संख्या

बारा प्रहरीले लागु औषध गाँजा मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले लाँगु औषध गाँजा मुद्दामा अदालतबाट दुई वर्ष छ महिना कैद र २० हजार रुपैयाँ जरिवाना पाएका बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १९ ईनर्वासिरा बस्ने अन्दाजी ४५ वर्षीय मोजाहिर मिया र सोही ठाउँमा बस्ने अन्दाजी ४८ वर्षीय रुस्तम मन्सुरीलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review