लागु औषधसहित दुई जना पक्राउ

साझेदारी दैनिक
441 पाठक संख्या

वीरगञ्ज लागु औषधसहित वीरगञ्जबाट पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन खैरनी नगरपालिका १३ बस्ने २९ वर्षीय रोशन बाह्रकोटी र खैरनी नगरपालिका ८ बस्ने ३२ वर्षीय सुशिल पौडेल रहेका छन ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट लागु औषध सहित दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नाईट्राभेट–२९६ पिस ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a review