एक कट्ठा खेतमा लगाएको अवैध अफिम खेती फँडानी तथा नष्ट

संदिप प्रसाद यादव
487 पाठक संख्या

बारा प्रहरीले एक कट्ठा खेतमा लगाएको अबैध अफिम खेती फडानी गरि नष्ट गरेको छ ।

प्रहरीले एक कट्ठा खेतमा अवैध रूपमा लगाएको अफिमको बोटहरू फडानी तथा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराबाट खटिएको प्रहरी टोलीले सोमबार आदर्शकोतवाल गाँउपालिका वडा नं.७ स्थित लौकाहामा १ कट्ठा खेतमा अवैध रूपमा लगाएको अफिमको बोटहरू फडानी गरी नष्‍ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बाराका प्रवक्ता न्यौपानेका अनुसार अफिम खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने समेत जानकारी दिएका छन् ।

Leave a review